६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार



सिरहा । सिरहा गोलबजार नगरपालिका ८ चोहर्वाका इनरजित महरा स–साना छोराछोरी, श्रीमती र वृद्धा आमालाई घरमा छोडेर भारत कमाउन गएको तीन महिना वितिसक्यो।

उनीसँगै गाएका साथीहरु १८ घण्टा काम गर्दा पनि ठेकेदारले दिने यातना खप्न नसकी भागेर घर आईसक्यो। फर्केर आएकाहरुले सुनाएको कहालिलाग्दो यातनाको कथा सुनेको दिनदेखि इन्द्रजितकी आमा ७२ वर्षिय बुधनी महराको आँखा ओभाएको छैन।

बुधनीले भनिन, ‘साना नानीहरु छोडेर गएका छोराले कमाएर ल्याउला भन्ने आशा गरेको थिएँ। अहिले छोराको जिवन नै धरापमा परेको छ। सुन्छु त्यहाँ काम गर्ने बातावरण नै छैन। १८ घण्टा काम गर्नु पर्छ। साथीभाईसँग बोल्दा पनि कुटपीट गर्छ। शौचालय जाँदा पनि पाले साथ लगाउने र किल्ला ठोकेको काठले कुटपीट गर्ने गर्छ।’

साथीहरुसँगै गएका नरहा गाउँ पालिका(३ खोरीयाका जुग्नु खानकी श्रीमती खात्मा खातुन पनि श्रीमान बन्धक बनाएको खवर सुनेपछि बेचैन छिन्। राम्रो कमाई हुने भनेर गएको श्रीमान बन्धक भएको खवरपछि श्रीमान फर्काईदिन गाउँका अगुवाहरु गुहारी रहेकी छिन्। उनले तपाईंहरुले नै फर्काउन सहयोग गर्न समेत आग्रह गरे। उनी अहिले ३ छोरी र १ छोरा सहित घरमा बसेपनि उनको मन श्रीमान कसरी फर्काउने भन्ने पिरलोमा छन्।

उनीहरुसँगै गोलबजार नपा ११ का प्रदिप सदा, इन्दल सदा, गोलबजार ८ चोहर्वाका सोभित उराउँ, इनरजित महरा, सरुण महारा, टेकुवा महतो, नरहा गाउँ पालिका ३ खोरियाका जुग्न खान, समशेर खान, इरसाद, गुलजार सहित २१ जनाको समूहमा भारतको पञ्जाव चामल मिलका काम गर्न गएका थिए।

पञ्जावस्थित राइस मिलमा मासिक २० हजार भारतीय रुपैयाँ र खाने, बस्ने सुविधा दिने सर्तमा सिरहाकै सुखिपुर नगरपालिका १० का ४० वर्षिय विजय मण्डलले उनीहरुलाई गत भदौको पहिलोसाता भारतको पञ्जाव लगेका थिए। विजयले जाने वेला कतिपय मजदुरलाई घर खर्चको लागि पाँच हजार नगद समेत दिएका थिए।

दैनिक १२ घण्टा काम गर्ने सर्तमा गएका उनीहरुलाई दिनरात काम गराउने, एकछिन ढिलो गर्यो भने कुटपीट गर्ने, राती सुत्दा पनि बाहिरबाट कुण्डा लगाउने गरेको भागेर घर आउन सफल समिमले बताए। उनले भने, ‘१८÷२० घण्टा काममा लगाउने, शौचालय जाँदा पनि पालेलाई साथ लगाउने, घरमा फोन समेत गर्न नदिने, साथीभाईको फोनबाट फोन गर्दा मोवाईल फोडिदिने र कुटपीट गर्थे। पशुलाई जस्तै व्यवहार गरेपछि हामी भाग्न बिवस भयौं।’

भागेका मध्येय मोहमद मुखतारले दुई तीन दिन देखि प्लान बनाइरहेका थियौं। एक दिन राती पानी परेको मौका छोपेर पर्खाल नाघेर भागेका हौं। भागेको चार दिनसम्म भोक्कै बसेर ट्रेनमा पनि टीटीसँग अनुनय विनय गरेर घरसम्म आयौं।’ गएकामध्ये १२ जना भागेर आए पनि इनरजित महरा, जुग्नु खान, सोभित उराउँ, इरसाद खानसहित ९ जना अझै बन्धक नै छन्।

छोरा बन्धक भएको भन्ने जानकारी पाएपछि इनरजितकी आमा बुद्धनी महरा र सोभित उराकी आमा÷ बुबा विल्टौनियाँ देवि र भोरील उराउँले अस्थायी प्रहरी पोष्ट, सुखिपुर ७ शिवचौकमा विजय मण्डलको विरुद्ध ठाडो उजुरि दिएका थिए।

उजुरी पछि कात्तिक १७ गते अभिभावक र विजय मण्डलविच १० दिनभित्र बन्धक रहेका सवै मजदुरलाई घर ल्याइदिने सहमति भएको थियो। सहमति पछि विजयलाई सुखिपुर नपा १० का वडा अध्यक्ष देवनारायण यादवको जिम्मामा लगाईएको थियो।
सहमतिको एकमहिना हुन लागेपनि अहिले विषय सम्पर्कमा छैन। प्रहरीले लामो समय सम्पर्कमा नआएपछि पटक–पटक घरमा गएर खोजीरहेको बताएको छ। तर, प्रहरीले खेजीरहेको भनेपनि कहिलेकाँही गाउँघरमा देखिने गरेको विजयकै एक छिमेकीले बताए।

जिम्मा लिएको वडा अध्यक्ष यादवसँग बुझ्दा उनले सहमति भएको दिनदेखि आफ्नो विजयसँग भेट नभएको बताए। उनले भने, ‘विजयले १० दिनभित्र सवै मजदुरलाई घर ल्याईदिन्छु भनेका थिए, त्यसपछि सम्पर्क भएको छैन, के भएको रहेछ म बुझ्छु।’
फर्केर आएकाहरुले ओहान ओभरसिज जस्टिन लेखिएको कम्पनीमा बन्धक बनाएर राखेको बताए।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १ : १३ बजे

सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक

नेरामाविले भन्यो विद्यालयका हिसावकिताव पारदर्शी छ

खजुरा । बाँकेको खजुरा स्थित नेरामाबिले बिद्यालयका विषयमा सामाजिक सञ्जालमा

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रका सुझाव

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला

बुद्धएयरको नेपालगन्ज पोखरा उडान स्थगन

नेपालगन्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगन्ज