बुटवल । गए राति परेको चट्याङमा रोल्पाका एक जना जनप्रतिनिधिको मृत्यु भएको छ भने पर्वतमा ५ जना घाइते भएका छन् । रोल्पाको सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको चट्याङमा परी निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी…