१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालमा नसर्ने रोगबाट मृत्यु हुनेको अनुपात ७१ प्रतिशत



नेपालगन्ज । नसर्ने रोगबाट मृत्यु हुनेको संख्या भयावह बन्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । नसर्ने रोगबाट मृत्यु हुनेको अनुपात ५१ प्रतिशतबाट बढेर अहिले ७१ प्रतिशत पुगेको तथ्याङ्क एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा विश्व स्वास्थ्य समन्वय नेपाल, सुरक्षित मातृत्व संजाल महासंघ नेपालको सहयोगमा मंगलबार नेपालगन्जमा आयोजित नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणमा बहुक्षेत्रीय कार्यशाला गोष्ठिमा सहभागी सरोकारवालाहरुले मुटु, मधुमेह रोगलाई ८० प्रतिशतसम्म तथा क्यान्सरलाई ४० प्रतिशतसम्म रोकथाम गर्न सकिने बताए ।

उनीहरुले अस्पतालमा उपचारका लागि पुग्ने ९० प्रतिशत विरामीहरु नसर्ने रोगका रहेको बताउँदै नसर्ने रोगबाट हुने मृत्युदर न्यूनीकरणमा राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

सहभागी सरोकारवालाहरुले सूर्तिजन्य पदार्थको प्रयोग, मदिरा सेवन, बदलिदो जीवनशैली लगायतका कारणले नसर्ने रोगको प्रभाव बढ्दै गएको बताए ।

सुरक्षित मातृत्व संजाल महासंघ नेपालका अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नसर्ने रोग रोकथामका लागि राज्यले चेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्ने बताइन् । उनले फेरिदो जीवनशैलीका कारण मानिसहरु नसर्ने रोगबाट मृत्युवरण गर्न बाध्य भएको बताउँदै संजालले नेपालगन्ज् उमहानगरपालिकासँग सहकार्य गरेर नसर्ने रोग नियन्त्रणका लागि काम गर्ने प्रतिबद्धता जनाइन् ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नसर्ने रोग न्यूनीकरणका लागि पालिकाले चेतना जगाउने कार्यक्रमको थालनी गर्ने उल्लेख गर्दै नसर्ने रोग न्यूनीकरणका लागि पालिकाले सुगर जाँच, सचेतीकरण कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठ, सुजन जोशी र सुनिल श्रेष्ठले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

अस्पतालमा उपचारका लागि पुग्ने ९० प्रतिशत विरामीहरु नसर्ने रोगका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ५४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान