काठमाडौं। राष्ट्रपतिका लागि उम्मेदवार तय भए पछि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गर्ने चुनौती पाएको बताएका छन । आठ दलको साझा उम्मेदवारको रुपमा पौडेलले उम्मेदवारी दर्ता गराउन जानुअघि यस्तो बताएका हुन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय भए लगत्तै राष्ट्रपतिका उम्मेदवार पौडेल उम्मेदवारी दर्ताको लागि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट निस्केका छन्…