३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरवारमा भेटेर बधाई दिएका छन्। सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाडौं आइपुगेका हुन्। काठमाडौंको आन्तरिक विमानस्थलमा बुढालाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए।