कैलाली । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली जिल्लाका अस्थायी मतदाताका लागि विभिन्न आठ स्थानमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रदेश निर्वाचन कार्यालयका कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-१ को उपमहानगरपालिका कार्यालय भवन, धनगढीमै रहेको जिल्ला कारागार भवन, गोदावरी नगरपालिका-२ को वनदेवि मन्दिर र वडा नं. ४ को महादेव मन्दिर परिसरलाई अस्थायी मतदान केन्द्र तोकिएको छ…