बागलुङ । शुक्रबार साँझदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालीगण्डकी कोरिडोरमा यातायात सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका-१२ कालाखोलामा सडकमाथिबाट पहिरो खस्दा शुक्रबार साँझ ७ बजेदेखि पूर्णरुपमा अवरुद्ध करिडोर आज विहान १० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । कोरिडोर अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात विच्छेद भएको थियो…