२० माघ २०८२, मंगलबार | February 4, 2026

निर्वाचन आयोगको ‘प्रेस अफिस’प्रति पत्रकार महासंघको गम्भीर आपत्ति, निर्णय नसच्चाए अवज्ञा

काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन आयोगले आगामी निर्वाचन लक्षित गर्दै सुरु गरेको प्रेस अफिसप्रति गम्भीर आपत्ति जनाएको छ । आयोगले संचारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामाग्रीको अनुगमन गर्न निर्वाचन आयोगले प्रेस अफिस निर्माण गरेको छ । यस अफिसको संयन्त्रमा नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने आयोगले जनाएको छ । यस्ता प्रकारको संयन्त्र…