४ आश्विन २०८३, आइतबार | September 21, 2026

पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीटको अभाव



पर्वत । पर्वतमा दिन प्रतिदिन डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

गत साउनदेखि बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ । अस्पतालमा कीट अभाव हुँदा डेङ्गुका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन् । पर्वत अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा

रुक्मिना अधिकारीले आफूहरूले नै खरिद गरेर ल्याएको दुई सय कीट परीक्षणको क्रममा सकिएकाले अहिले कीट नभएको बताइन । “अस्पताल विकास समितिबाट निर्णय गराएर हामी आफैँले कीट खरिद गरेर परीक्षण गर्दै आएका थियौँ । हामीले ल्याएको दुई सय कीट सकिएपछि फेरि दुई सय कीट माग गरेका छौँ”, उनले भनिन, “अन्य अस्पतालमा जुन दरमा डेङ्गुको परीक्षण भइरहेको छ त्यसरी नै सेवा दिने भनेर एक जनाको परीक्षणको रु आठ सय मात्र लिएका छौँ । माग गरेको कीट आएपछि परीक्षणमा समस्या हुँदैन ।” कीट आइपुग्न अझै केही दिन लाग्ने उनले बताइन । सरकारले निःशुल्क परीक्षण गर्ने डेङ्गु पर्वतका बिरामीले सरकारी अस्पतालमै पनि महँगो शुल्क तिरेर परीक्षण गर्न बाध्य भएका हुन् ।

उनका अनुसार केही समय पहिलेसम्म अस्पताललाई आवश्यक परेका सामग्री प्रदेशबाट जिल्ला स्वास्थ्य कार्यालयलाई दिएर, स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालसहित जिल्लाका अन्य ठाउँमा रहेका स्वास्थ्य संस्थालाई उपलब्ध गराउने गरेको थियो तर अहिले त्यो नियम परिवर्तन गरेर स्वास्थ्यले वितरण नगरी प्रदेश आपूर्तिले प्रदेश ल्याबलाई र प्रदेश ल्याबले जिल्लामा रहेका अस्पताललाई सामग्री उपलब्ध गराउने नियम छ । यही नियमका कारण स्वास्थ्य कार्यालयले अस्पताललाई परीक्षण कीट उपलब्ध गराउन नसक्ने स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले जानकारी दिए । अहिले डेङ्गुको प्रभाव बढ्दै गइरहेको बेलामा नागरिकले पाउने स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित हुनुपर्ने उनको भनाइ छ । स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमा नआउने भएकाले माथिबाट आउँछ कि आउँदैन भनेर पर्खिएर बस्नुभन्दा जिल्लाका सबै स्थानीय तहहरूले नै नागरिकको आधारभूत स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । उनले भने, “केन्द्र र प्रदेश सरकारबाट कीट सप्लाई होला र अनि जाँचेर उपचार सुरु गरौँला भनेर नबस्न उहाँको सुझाव छ । परीक्षण कीट ठूलो परिमाणमा किन्नुपर्ने भएकाले प्रदेश स्वास्थ्य मन्त्रालयको आपूर्ति महाशाखा टेन्डरको प्रक्रियामा जानुपर्ने र यही बेलामा आर्थिक वर्ष परिवर्तनपछिको समय रहेकाले अलि अभाव रहेको कुरा आफूले बुझेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताए तर माथिबाट कीट नआएको बहानामा बिरामीलाई निजी वा जिल्ला बाहिरका महँगा अस्पतालमा जान बाध्य नपार्नका लागि फरक शीर्षकको रकमबाट कीट ल्याएर भए पनि काम चलाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १२ : ३३ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन