काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले अनुसन्धानका लागि उनीहरूलाई सात दिन हिरासतमा राख्न म्याद थप गरेको हो। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ को उपदफा (४) बमोजिम दुवैजनामाथि…