७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

एमाले नेता ज्ञवालीले भने- संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन

काठमाडौं । एमालेले एकीकृत समाजवादी पूरानै घरमा फर्काउन पहल गरिरहेको हल्ला चलिरहेका बेला एमालेका एक जना नेताले खण्डन गरेका छन् । डेढ वर्षअघि एमालेसँग विभाजन भएर गठन भएको एकीकृत समाजवादीलाई फेरि पूरानै घरमा फर्काउन आन्तरिक छलफल भइरहेको बताइँदा एमाले नेता प्रदीप ज्ञवालीले ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् ।…