७ आश्विन २०८३, बुधबार | September 23, 2026

विश्वको एक अर्ब जनसङ्ख्या हैजाको जोखिममा : राष्ट्रसङ्घ



जेनेभा । विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने बताएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खोप अभियान नराम्ररी प्रभावित भएको जनाएको छ । “डब्लुएचओका अनुसार ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा छन्,” डब्लुएचओका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले भने ।

यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ भने गत वर्षको मे महिनामा १५ देशमा हैजाको प्रकोप देखिएको थियो । पछिल्लो समय हैजाबाट सामान्यतया प्रभावित नभएका देशहरू प्रभावित भइरहेका छन् र मृत्युदर १०० भन्दा धेरै बढी छ ।

गरिबी, द्वन्द्व, जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसङ्ख्या विस्थापनका कारण सङ्क्रमण बढेको ग्रेले बताए । उनले भने, “हैजाबाट प्रभावित देशहरूको सङ्ख्या बढ्दै जाँदा, रोकथाम र प्रतिकार्यका लागि उपलब्ध स्रोतहरू अझ कम फैलिएका छन् ।

ओरल हैजाको भ्याक्सिन एउटा उदाहरण हो । यस वर्ष एक करोड ८० लाखभन्दा बढी डोज माग गरिएको छ तर ८० लाख मात्र उपलब्ध गराइएको छ र त्यसैले रोकथामका अभियानहरू रोकिएका छन् ।

ग्रेले भने, “पूर्ण दुई डोजको साटो पहिलो खोप सबैलाई दिने र हैजाको प्रभावलाई नियन्त्रण गर्ने प्रयास गरिएको छ ।” “यो दृष्टिकोण अन्धकारमय छ,” उनले भने ।

डब्लुएचओले आगामी १२ महिनामा ४० भन्दा बढी देशका लागि १६ करोड अमेरिकी डलर उपलब्ध गराउने लक्ष्य राखेको छ । यसले संयुक्त राष्ट्र सङ्घीय बाल निकाय युनिसेफसँग समन्वय गरेर काम गरिरहेको डब्लुएचओले हैजाको समस्यालाई नियन्त्रण गर्न ४८ करोड अमेरिकी डलर आवश्यक रहेको जनाएको छ ।

युनिसेफका जनस्वास्थ्य आपतकालीन एकाइका प्रमुख जेरोम फाफम्यान जाम्ब्रुनीले गत नोभेम्बरमा युनिसेफले हैजा नियन्त्रणका लागि १५ करोड अमेरिकी डलर मागेको उल्लेख गरे । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “यो सावधानीको लागि सूचना हो ।”

उनले थने, “महामारीले हाम्रो अगाडि गरिबको ज्यान लिइरहेको छ र यसलाई कसरी रोक्ने भन्ने हामीलाई ठ्याक्कै थाहा छ तर हामीलाई विश्व समुदायबाट थप सहयोग र कम जडता को आवश्यकता छ । यदि हामीले अहिले नै कदम चालेनौं भने यो अझ खराब हुनेछ ।”

हैजा सामान्यतया दूषित खाना वा पानीको माध्यमबाट सर्ने एक रोग हो । विशेष गरी साना बच्चाहरूको लागि जोखिम निम्त्याउने यो रोगका कारण झाडापखाला र उल्टी हुने गर्छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ७ : ४२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज