गलेश्वर । म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थीलाई पाठ्यपुस्तकका अतिरिक्त नैतिक आचरण, मौलिक संस्कृति र परम्परागत संस्कारका कुरा सिकाउन थालिएको छ । यहाँका मगर, छन्त्याल, थकाली र नेवार समुदायले आआफ्नो पुख्र्यौली भाषाको संरक्षणमा चासो देखाउन थालेका छन् । विद्यार्थीलाई किताबी ज्ञानका अतिरिक्त नैतिकता, संस्कार र संस्कृतिमा परिपक्व बनाउने मूल उद्देश्यले मौलिक संस्कृतिको पाठ सिकाउन थालिएको…