२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

बाढीले पाक्नै लागेको धान खेती नष्ट, किसान चिन्तित


३ आश्विन २०७९, सोमबार  

156
Shares

बेदकोट । कञ्चनपुरमा शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै लागेको खेतीमा बाढीले क्षति पु¥याएपछि किसान निराश बनेका हुन् ।

लालझाडी गाउँपालिका-३ नन्द गाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान खेती गरेका थिए । शुक्रबार रातिदेखि अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले उहाँको धान खेतीमा क्षति पु¥याएको हो ।

खेतको बालीमा मात्रै होइन बडायकको घरभित्र भण्डारण गरेको अन्न पनि बगाएको छ । “आफ्नै पाँच बिघा जमिनमा धान लगाएको थिएँ, नदीले ल्याएको बालुबाले सबै पुरिदिएको छ”, उनले भने, “धान सबै ढलाएको छ, त्यति मात्रै होइन घरभित्रको अन्नपात बाढीले भिजाएको छ ।”

बाढीले ६ महिनाको मेहेनतको फल धानको बाला टुसाउँदै गर्दा खेतमै नष्ट गरिदिएको उनको गुनासो छ । “धानको बाला लागि रहेका थिए, केही ठाउँका त पाकेर दसैँतिर काट्ने भइहाल्थे”, उनले भने, “तर बाढीले सबै सखाप पारेको छ, खेतमै बालुवाले च्यापेर ढलेका छन् ।” उनलाई अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । “११ जनाको परिवार छ, वर्षभरि खाने घरभित्र र खेतको अन्नबाली सबै सत्यनाश भएपछि अब के गर्ने रु”, उनले प्रश्न गरे ।

गत वर्षको बाढीले पनि धान खेतीमा क्षति गर्दा भित्र्याउन नपाएको उनले सुनाए । “गत वर्ष पनि खेती भित्र्याउन पाएनौँ, यसपटक पनि यस्तै भयो”, उनले भने, “घरभित्र बाढीले बालुवा थुपारेर बस्न सकिएको छैन, त्रिपाल टागेर बसेका छौँ ।”

लालझाडी गाउँपालिकाको छ वटै वडामा बाढीले खेतीपातिमा ठूलो क्षति पु¥याएको कृषि शाखा प्रमुख हजमिला लावडले बताए । “बाढीले धान, उखु, बदाम, सखरखण्डलगायत ठूलो क्षति पु¥याएको छ । हामी क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उनले भने, “पालिकाको आधा खेतीमा क्षति पु¥याएको अनुमान छ ।”

वर्ष दिनभरि खाने अन्न माटोमै मिसिएपछि शुक्लाफाँटा नगरपालिका-१२ एकान्त टोलका हरिकृष्ण भट्ट पनि परिवार कसरी पाल्ने भनेर चिन्तित छन । उनले भने, “वर्षभरि खाने धान खेतमै बालुवाले ढाकेको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो ।’

एकान्त टोलमा १५ कठ्ठा जग्गामा लगाएको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पु¥याएको उनले बताए । “धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो । विसं २०६४ यता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ”, उनले भने । दोदा, बनहरा, स्यालीलगायत नदीको बाढीले कञ्चनपुरको पुनःवास, शुक्लाफाँटा, बेलौरी, लालझाडी, कृष्णपुर क्षेत्रको तटीय क्षेत्रमा बालीनालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर विष्टले बताए ।

“बालुवाले पुरेको बाली उठ्न समस्या छ, अरु त विस्तारै पानी कम हुँदै गए पछि उठ्न सक्ला,” उनले भने, “बाढीले खेतीमा क्षति गरेको प्रारम्भिक जानकारी छ, के कति क्षति भन्ने एकिन विवरण आएको छैन ।” आफूहरु पनि बाढी प्रभावित क्षेत्रको अनुगमनमा गएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्न सक्ने उनले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  २ : ४३ बजे

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको

प्रधानमन्त्री वालेन्द्र र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार

मुस्ताङमा अवैध ढंगले कालीगण्डकी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल