काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सहितको टोली बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगेको छ । त्यसक्रममा नयाँ बानेश्वर क्षेत्रमा सडक पेटी मिचेर पार्किङ गराइरहेको अल्फा बिटाका संचालकसँग मेयर बालेनको नोकझोँक परेको छ । भवनको नक्शा मागेका बालेनलाई उल्टै नक्शा महानगरमा हुने बताएपछि अल्फाबिटाका संचालकलाई बालेनले ‘तपाईंको घरको नक्शा…