काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका-१ घर भएका ३३ वर्षीय सुकराम लामा तामाङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ बस्ने सुर्खेत लेकवेशी नगरपालिका-१ घर भएका ३७ वर्षीय लक्ष्मी प्रसाद सापकोटा रहेका छन् । उच्च अदालत पाटनको २०८० असार १ गतेको…