२६ जेष्ठ २०८३, मंगलबार | June 9, 2026

भैँसीपालनमा भविष्य खोज्दै रामसुहावन

सरकारबाट २ लाख पुरस्कार, डिडीसीले दिएन ३० लाख



नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–३ हल्कारापूर्वा गाउँका रामसुहावन यादवको दिनको सुरुआत गोठमा बाँधिएका भैँसीको सुस्केरा र पाडापाडीको आवाजबाट हुन्छ ।

हाल उनको गोठमा सानाठूला गरी करिब एक सय ५० भैँसी र पाडापाडी छन् । यादव बाँके जिल्लाकै मिहिनेती भैँसीपालक किसान बनेका छन् । भैँसीको हेरचाहदेखि दूध सङ्कलन र व्यवस्थापनसम्ममा उनका छोराछोरी, बुहारी र नातिनातिनासमेत सक्रिय छन् ।

तीन पुस्ताको यो सामूहिक प्रयासले उनको भैँसीपालन कर्मलाई नमूना बनाएको छ । भैँसीपालन गर्ने पुख्र्यौली पेसामा भविष्य देखेर आफूले अलि व्यवस्थित र विस्तार गरेको रामसुहावनले बताए ।

उनको गोठबाट दैनिक करिब चार सय लिटर दूध उत्पादन हुन्छ । दूध कम्दीस्थित मिलनचोक हुँदै नेपालगन्ज बजारसम्म पुग्छ, जसले सहरको ठूलो हिस्साको दूधको माग धान्दै आएको छ । हुन त बाँकेको डुडुवा गाउँपालिकाका हल्कारापूर्वा, कम्दी, सिधनिया र ग्वालापुर गाउँहरू भैँसीपालनका लागि निकै प्रसिद्ध छन् । हल्कारापूर्वा गाउँमा मात्रै छ सयभन्दा बढी भैँसी पालिएका छन् । यस गाउँबाट दैनिक करिब छ सय लिटर दूध नेपालगन्ज बजारमा आपूर्ति हुन्छ ।

रामसुहावनले राष्ट्रपतिबाट उत्कृष्ट कृषक पुरस्कार २०८२ प्राप्त गरेपछि अहिले हल्करापुर गाउँ नै चर्चामा छ । रु दुई लाख नगदसहितको यो सम्मान बोकेर रामसुहावन गाउँ पुगेपछि उनको गोठमात्र नभई, सिङ्गो हल्कारापूर्वा गाउँमै खुसीयाली छाएको छ ।

“मेरो पुर्खौँदेखिको व्यवसायलाई सरकारले उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट कृषक घोषणा गरेपछि अत्यन्त खुसी छु”, यादवले भने । रामसुहावनले प्राप्त पुरस्कार रु दुई लाखसमेत भैँसीपालनकै विस्तारमा लगाएका छन् ।

पुरस्कार र सम्मानले रामसुहावनलाई उत्साह त दिएको छ, तर नेपालको दुग्ध क्षेत्रको तीतो यथार्थबाट उनी पनि अछुतो छैनन् । उनीजस्ता थुप्रै किसानले अहिले मिल्क होलिडे र भुक्तानीको ठूलो समस्या झेल्नुपरेको छ ।

उनले दुग्ध विकास संस्थान (डिडीसी)बाट दूध बिक्रीबापतको करिब रु ३० लाख भुक्तानी पाउन बाँकी छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १२ : २७ बजे

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी

पोखरा । पर्यटनको राजधानी पोखरा महानगरपालिका, धार्मिक तथा सांस्कृतिक महत्त्व

नि:शुल्क शल्यक्रिया गरेर हनुमान महोत्सव

नेपालगन्ज । जेठ महिनाको अन्तिम मंगलवार अर्थात हनुमान महोत्सवको अवसरमा

पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ

काठमाडौं । प्रहरीले आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सुनको सिक्री लुटपाट

कर हेरफेर र ईभी गाडी आयातमा अनियमितता नभएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले आर्थिक विधेयक संशोधन