भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का: (बिस्केट) जात्रा आजदेखि सुरु भएको छ । नेपाली नयाँ वर्ष वैशाख १ भन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुने गर्दछ । लिच्छविकालदेखि चलिआएको मानिने यो जात्रा भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको छ । तौमढीस्थित…