५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’

जनकपुरधाममा आजबाट होटल पौवाको १९ औं शाखा सञ्चालनमा



धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामलाई प्रदेशको मात्र नभई मुलुकको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको बताएका छन् ।

जनकपुरधामस्थित चारतारे होटल पौवाद्वारा आज यहाँ आयोजित बृहत् खाना प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले भारतको उत्तर प्रदेशमा रहेको राम जन्मभूमिमा भगवान् श्रीरामको दर्शनका लागि वार्षिक ५० करोड पर्यटक आउने गरेकामा तीमध्ये पाँच प्रतिशत पर्यटक जानकी जन्मभूमिमा आए यस क्षेत्रको पर्यटन क्षेत्रको कायापलट हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री यादवले बुद्ध वायुसेवाले यथाशीघ्र जनकपुरधाम(अयोध्या, अयोध्या(जनकपुरधाम सिधा हवाई उडानका विषयमा तयारी भइरहेको जनाउँदै सेवा सुरु भएपछि जनकपुरधाममा आउने भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने बताए । सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा मधेस प्रदेशलाई अपेक्षाअनुरूप सम्बोधन नगरिएको उनले गुनासो गरे ।

मुख्यमन्त्री यादवले मधेस प्रदेश तथा जनकपुरधामलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन हुने अपेक्षा गरिए पनि बजेटले त्यसलाई समेट्न नसकेको धारणा व्यक्त गरे । उनले धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए ।

अयोध्यामा हरेक वर्ष करोडौँ श्रद्धालु भक्तजन पुग्ने गरेका उल्लेख गर्दै मुख्यमन्त्री यादवले माता सीताको जन्मस्थल जनकपुरधामलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । यसो गर्न सके धार्मिक पर्यटनका माध्यमबाट आर्थिक गतिविधि चलायमान हुनुका साथै स्थानीयले रोजगारीका अवसर पाउने उनले बताए ।

जनकपुरधामलाई ‘म्यारिज डेस्टिनेसन’ का रूपमा विकास गर्ने विषय चर्चामा रहे पनि सङ्घीय बजेटले त्यसलाई समुचित रूपमा सम्बोधन गर्न नसकेको मुख्यमन्त्री यादवले उल्लेख गरे । उक्त अवधारणालाई पूर्णता दिन प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य गरी अघि बढ्ने उनको भनाइ छ ।

मधेस प्रदेशमा तारे होटलहरूको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले यसले पर्यटन क्षेत्रको सम्भावना थप विस्तार गरेको बताए । आवश्यक सहयोग र लगानी उपलब्ध भए जनकपुरधामलाई धार्मिक तथा वैवाहिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सकिने उनले विश्वास व्यक्त गरे । सङ्घीय बजेटले अपेक्षा पूरा गर्न नसकेको भए पनि प्रदेश सरकार पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा लगानी अभिवृद्धिका क्षेत्रमा आफ्नै पहलमा कार्यक्रम सञ्चालन गर्दै अघि बढ्ने प्रतिबद्धता मुख्यमन्त्री यादवले व्यक्त गरे ।

मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले जनकपुरधाममा सुरु भएको चारतारे होटल पौवाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै होटल पौवाले मिथिला कला, संस्कृति, संस्कार तथा परिकारको प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिए । होटल पौवा सञ्चालक समितिका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले होटल पौवाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

जनकपुरधाममा आजबाट होटल पौवाको १९ औं शाखा सञ्चालनमा आएको छ । नेपाली स्वाद, संस्कृति र आतिथ्यतालाई मुख्य ब्राण्ड बनाएको पौवाले १० वर्षमा १०० चेन होटल विस्तारको लक्ष्य अनुसार जनकपुरमा शाखा विस्तार गरेको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ८ : ५१ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे