काठमाडौं । आईसीसी विश्वकप लिग २ को तयारीस्वरुप आज नेपाल र क्यानडाले प्रतिष्पर्धा गर्दैछन । खेल नेपाली समयानुसार राति ९ः४५ बजे शुरु हुनेछ । स्कटल्याण्डमा आयोजना हुन लागेको एक दिवसीय श्रृंखलाको तयारीका लागि सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीले एक हप्ताअघिबाट क्यानडामा अभ्यास गरिरहेको छ । क्यानडा भ्रमणमा यसअघि नेपालले स्थानीय क्लव ओन्टारियोबिरुद्ध एक एकदिवसीय…