३ भदौ २०८३, बुधबार | August 20, 2026

आजको मौसम : तराईमा बाक्लो हुस्सु, उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली भूभागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै तथा वाग्मती प्रदेश र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमपात र बाक्लो हुस्सु तथा कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने भन्दै विभागले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ७ : ०० बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने