काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा बाहिरका कोही मान्छे प्रवेश नगरेको बताएका छन् । बिहीबार संसदीय विशेष छानबिन समितिलाई ३ घण्टा बयान दिएका शर्माले आफ्नो विश्वास नलाले सुरक्षाकर्मी र मर्यादापालकलाई सोध्न आग्रह गरेका छन् । ‘बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन’, शर्माले बयानका क्रममा भनेका छन्, ‘पसेको भए थाहा भइहाल्थ्यो नि ।…