५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमण प्रस्थान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदाई गरेका छन् । यसअघि उनलाई सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड गएकी हुन् । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा उनकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत छन् । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यबहाकको जिम्मा पाएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : ३२ बजे

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले

हुलाकी राजमार्ग : धम्बोझी-नन्दनीमील खण्डको मुहार फेरिँदै, स्वस्फुर्त अतिक्रमण हटाँउदै स्थानीय

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्जको धम्बोझी चोक देखि नन्दनी

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५