दाङ । एक महिनाअघि मात्रै जनमोर्चाका जिल्ला सदस्य छाडेका जगत पोख्रेल स्थानीय तहको निर्वाचनमा एमालेबाट राप्ती गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्न सफल भए । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको अध्यक्षसमेत रहेका व्यवसायी पोख्रेल पार्टी परिवर्तन गर्दै एमालेको उम्मेदवार बनेका हुन् । घोराही उपमहानगरपालिकामा शिक्षण पेसा गरिरहेकी सरिता देवकोटा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेकी छिन्…