१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

भयरहित वातावरणमा मतदान गर्न नागरिकहरुलाई सरकारको आग्रह



काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरुको भुमिका महत्वपूर्ण हुने भएकाले भयरहित वातावरणमा मतदान गर्न आग्रह गरेको छ ।

आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरु परिचालित भइसकेको र स्वयं मतदाताहरुको भुमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह गरेको हो ।

सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको जनाएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले प्रत्येक जिल्लामा सुरक्षा योजना बनाएर त्यसै योजना अनुसार सम्पूर्ण सुरक्षा परिचालित भएको बताए । पोखरेलले स्थानीय निकायको निर्वाचनका लागि राज्यले चुस्त,दुरुस्त सुरक्षा व्यवस्थापन गरेको बताए । प्रवक्ता पोखरेलले अहिले राज्य नै निर्वाचनमय भएकोले निर्वाचन शन्तिपूर्णरुपमा सम्पन्न हुने विश्वा व्यक्त गरे ।

प्रवक्ता पोखरेलले भने, ‘अहिलेको परिस्थिति हेर्दा सरकारी स्तरबाट सम्पूर्ण श्रोत साधनहरु निर्वाचनमा परिचालित गरेका छौँ । हाम्रा सुरक्षा निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई हामीले निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न, हाम्रो राष्ट्रिय स्तरको नीति पनि बनेको छ, एकीकृत सुरक्षा योजना । प्रत्येक जिल्लामा पनि सुरक्षा योजना बनेर त्यही सुरक्षा योजना मुताविक हाम्रो सम्पूर्ण सुरक्षा परिचालित भएको अवस्था छ । त्यसकारणले राज्यले चुस्त, दुरुस्त, सुरक्षा व्यवस्थापन गरिराखेको अवस्था छ एकातिर भने अर्कातिर सबै राजनीतिक दलहरु निर्वाचनमा होमिनुभएको अवस्था छ । उहाँहरुले पनि सुरक्षा व्यवस्थापनमा चासो राखेर सुरक्षा व्यवस्थापन गर्नुपर्छ भनेर लाग्नुभएको छ । आम नागरिक, नागरिक समाजले पनि सुरक्षामा चासो राखेर कतै निर्वाचनलाई बिथोलिने काम गर्नुहुँदैन, हामी सबैले निर्वाचनलाई सघाउनुपर्छ भनेर लाग्नुभएको हुँदा अहिले राज्य नै निर्वाचनमय भएको छ । निर्वाचन शन्तिपूर्णरुपमा सम्पन्न हुनेछ भन्ने विश्वास गर्दछु ।’

प्रवक्ता पोखरेलले पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढीरहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरे । विदेशबाट स्थानीय तहको निर्वाचका लागि मतदान गर्न आउने नागरिकहरुले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर थप जोखिम हुनबाट बचाउन अनुरोध गरे । । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता अधिकारीले सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरु राखिएको जानकारी दिए । उनले कोरोनाको जोखिम कम गर्न सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय र छलफल गरिरहेको पनि स्पष्ट पारे ।

प्रवक्ता पोखरेलले भन्नुभयो, ‘निर्वाचन भीड जम्मा हुने ठाउँ हो । कोरोना संक्रमण खुला सीमाना छ । निर्वाचनमा भाग लिनको लागि देश, विदेशबाट नेपाली जनताहरु यहाँ आउनुहुन्छ । हामीले उहाँहरुलाई बोर्डर एरियामा प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको समन्वयमा त्यही किसिमको हेल्थ डेस्कहरु राखेका छौँ । हामीले यसबारेमा स्वास्थ्य मन्त्रालयसँग थप के गर्नुपर्छ सरसल्लाह लिइरहेका छौँ । उहाँहरुले पनि यसलाई व्यवस्थापन गर्नुपर्छ भनेर जानुभएको छ । त्यसैले भोलिको दिनमा स्वास्थ्य मन्त्रालयले यसलाई व्यवस्थापन गर्नेछ ।’

त्यस्तै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्थानीय निर्वाचनमा भीड बढने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले भारतमा कोरोना संक्रमण बढेको भन्दै नेपाल आउने नागरिकहरु र नेपालमा रहेर चुनावी प्रचारप्रसार तथा मतदान गर्न जाने नागरिकहरुले सवस्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको बताए । सहप्रवक्ता अधिकारीले कोरोनाको सम्भावित जोखिमलाई कम गर्न सरकारले भारतसँगको सीमा नाकाहरुमा हेल्थ डेस्क राखेको र आवतजावतलाई व्यवस्थित गर्न लागिपरेको बताउनु भयो । सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न, मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सम्पूर्ण जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।

उनले स्वास्थ्य मन्त्रालयले यस सम्बन्धी विभिन्न कार्ययोजना बनाइ सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताए । सहप्रवक्ता अधिकारीले जनस्वास्थ्यका मापदण्डको सुनिश्चितता गर्न हरेक स्थानीइ मतदान केन्द्रमा अनिवार्य एक जना स्वास्थ्यकर्मी राख्ने पनि जानकारी दिए । उनले अहिले स्वास्थ्य मन्त्रालय जोखिमको आँकलन गर्ने, निगरानी गर्ने, संवेदनशीलताका आधारमा प्राविधिक विश्लेषण गर्ने र सम्बन्धित सबै निकायहरुसँग समन्वय गरी आवश्यक तयारीका लागि सर्वसाधारणहरुलाई खोप लगाउन बाँकी व्यक्तिलाई खोप लगाउने, जनस्वास्थ्यका मापदण्ड उल्लंघन नहुने खालको वातावरण बनाउन सबैलाई आह्वन गर्ने र बुझाउने कुराहरुमा स्वास्थ्य मन्त्रालय लागिरहेको बताए ।

सहप्रवक्ता अधिकारीले पछिल्लो समय संक्रमण पुष्टि हुने संख्या कम देखिएपनि संक्रमण फैलिन सक्ने जोखिम बढीरहेको भन्दै मास्क नलगाउने, कोरोनाको प्रोटोकल पालना नगर्ने र संक्रमण सकियो भन्ने खालको व्यवहार गर्न थालेकोले बढी जोखिम भएको बताए । उनले स्थानीय निर्वाचनबाट कोरोनाको संक्रमण बढन सक्ने अवस्थालाई मध्यनजर गरेर सबै नागरिकहरु यसप्रति सजग भइ संवेदनशील व्यवहार गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : ४१ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका