काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ । फिर्ता भएको सो विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको…