३ आश्विन २०८३, शनिबार | September 20, 2026

स्तरोन्नतीसहित बन्ने भयो नेपालगन्ज-गुलरिया सडक



खजुरा । नेपालगन्ज गुलरिया सडकको झण्डै ५ किलोमिटर चार लेन सडक ठेक्का सम्झौता भएको ४ वर्षमा पनि सम्पन्न नगरि अलपत्र परिरहेकै अवस्थामा सोही सडक खण्डको ३१ किलोमिटर सडक स्तरोन्नतीसहित कालोपत्रे गर्न शिलान्यास गरिएको छ ।

आज एक कार्यक्रमकाबीच सो सडक निर्माणको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले शिलान्यास गरेका हुन्।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री राइले खजुरा र गुलरियाको सडक अलपत्र पाने ठेकेदार कम्पनीलाई २४ घण्टे पत्रकाटेर कारवाही गर्न सडक विभागका महानिर्देकलाई निर्देशन दिएका छन् । ठेक्का लिएर बिचमै अलपत्र पार्ने ठेकेदारले उन्मुक्ति पाउन नहुने बताउँदै उनले मन्चबाटै विभागका महानिर्देशक र मन्त्रालयका सचिवलाई कारवाही अगाडि बढाउन निर्देशन दिएका हुन् ।

उनले आफु मन्त्री भएपछि धमाधम् विकासले तिब्रता लिएको दाबी गर्दै विकासको गति देखेर विपक्षीहरुको प्रेशर बढेको टिप्पणी पनि गरे ।

नेपालगन्ज उपहानगरका निवर्तमान मेयर धवलशम्सेर राणाको नाम नलिई उनले आफुलाई मन्दीर, मज्दिज बनाउन नदिएर विकास बिरोधी काम गरेको आरोप लगाए । ‘कोरोनाकालमा अक्सिजनको व्यवस्था गर्न छाडेर बेपत्ता बनेका व्यक्तिहरु अहिले आएर विकासमा अवरोध गर्ने काममा लागेका छन्,’ उनले भने, -‘शिलान्याश भएका सबै योजनाहरु पुरा हुन्छन्, मलाई शिलान्याश मन्त्रीको उपमा दिनेहरु दिल थामेर बस्दा हुन्छ ।’

कार्यक्रममा बोल्दै सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले विभागले अगाडि सारेको ४ वटै प्रकारको राजमार्गहरु ५ वर्षमा पुरा हुने दाबी गरे । पूर्व पश्चिम राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्य पहाडी राजमार्ग र हुलाकी राजमार्ग ५ वर्षमा सम्पन्न हुने उनको दाबी छ ।

आज शिलान्यास भएको सडकको २२ किलोमिटर ४ लेन र बाँकी खण्ड २ लेन रहने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले बताए । उनले हुलाकी सडकका लागि सुनिश्चित भएको ६५ अर्व बजेट मध्यबाटै नेपालगन्ज गुलरिया सडकको ठेक्का आह्वान गरिएको पनि जनाए ।

खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिकले शिलान्यास भएकोमा खुसी व्यक्त गर्दै कार्यान्वयनमा खजुरा र गुलरियाको जस्तो कन्तबिजोग नबनाउन ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ७ : २९ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब