काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू भारतीय दुतावासमा पुगेपछि नेकपा (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियु अध्यक्षमा सुदेश पराजुलीले विरोध जनाएका छन् । स्वदेश फर्कन लागेका भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ भोजमा सहभागी हुन प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू मंगलबार साँझ लैनचोर पुगेका थिए…