१७ पुस २०८२, बिहिबार | January 1, 2026

संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा खाँणले गठबन्धनमा आबद्ध दललाई समेटेर साथसाथै लैजानुपर्ने धारणा राखे । “राजनीतिक विचार फरक भए पनि निश्चित उद्देश्यका लागि इतिहासदेखि नै सहकार्य र सम्झौता गरेको विषय कांग्रेसले बिर्सनु…