उदयपुर । सुनकोसी नदीको अस्थाई बेलीब्रिज हटाएसँगै उदयपुर र खोटाङ सदरमुकाम दिक्तेलबीचको सिधा यातायात सेवा बन्द भएको छ । बर्खा लागेसँगै सुनकोसीमा पानीको सतह बढ्ने भएकाले फोक्सिङटारको अस्थायी बेलीब्रिज हालै निकालिएको हो । दिक्तेल-गाईघाट सगरमाथा लोकमार्ग सडक खण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ फोक्सिनटारस्थित सुनकोसीमा पानीको बहाब बढ्न थालेकोले झिक्न सुरु…