४ आश्विन २०८३, आइतबार | September 21, 2026

बागेश्वरी मन्दिर परिषरमा पक्की संरचना नबनाउन अदालतको अल्पकालिन आदेश



नेपालगन्ज । नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिषरमा बाल उद्यानको नाममा सटर तथा पक्की संरचना नबनाउन उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले अल्पकालिन आदेश दिएको छ ।

उच्च अदालतको नेपालगन्ज इजलासले आज अल्पकालिन आदेश जारी गर्दै अन्तिम फैसला नहुँदा सम्म नेपालगन्ज उपमहानगरपालिका र निर्माण व्यवसायीबीच भएको सम्झौतामा उल्लेख भएको काम नगर्न नगराउन भनेको छ । यस अघि पनि अदालतले मन्दिरको सो जग्गामा बालउद्यान बनाउने गरि आदेश जारी गरेको थियो । तर उपमहानगरले बाल उद्यानकै नाममा पक्की संरचना बनाएर गेष्टहाउस, रेष्टुरेन्ट समेत खोल्ने गरि ठेक्का लगाएपछि नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सत्तारुढ नेपाली कांग्रेस बाँकेका प्रवक्ता ललीत रौनियार समेतले पक्की संरचना बनाउन रोक लगाउन माग गर्दै उच्च अदालतमा रिट निबेदन दर्ता गराएका थिए ।

आज सो मुद्दाको सुनुवाई गर्दै अदालतले दुबै पक्षलाई छलफलका लागि भाद्र १५ गते अदालतमा झिकाएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ५ : ५८ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन