४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बागेश्वरी मन्दिर परिषरमा पक्की संरचना नबनाउन अदालतको अल्पकालिन आदेश



नेपालगन्ज । नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिषरमा बाल उद्यानको नाममा सटर तथा पक्की संरचना नबनाउन उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले अल्पकालिन आदेश दिएको छ ।

उच्च अदालतको नेपालगन्ज इजलासले आज अल्पकालिन आदेश जारी गर्दै अन्तिम फैसला नहुँदा सम्म नेपालगन्ज उपमहानगरपालिका र निर्माण व्यवसायीबीच भएको सम्झौतामा उल्लेख भएको काम नगर्न नगराउन भनेको छ । यस अघि पनि अदालतले मन्दिरको सो जग्गामा बालउद्यान बनाउने गरि आदेश जारी गरेको थियो । तर उपमहानगरले बाल उद्यानकै नाममा पक्की संरचना बनाएर गेष्टहाउस, रेष्टुरेन्ट समेत खोल्ने गरि ठेक्का लगाएपछि नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सत्तारुढ नेपाली कांग्रेस बाँकेका प्रवक्ता ललीत रौनियार समेतले पक्की संरचना बनाउन रोक लगाउन माग गर्दै उच्च अदालतमा रिट निबेदन दर्ता गराएका थिए ।

आज सो मुद्दाको सुनुवाई गर्दै अदालतले दुबै पक्षलाई छलफलका लागि भाद्र १५ गते अदालतमा झिकाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ५ : ५८ बजे

मौसम जानकारी : आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू-भागको अधिकतम तथा

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति