३ मंसिर २०८३, बिहिबार | November 19, 2026

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता बैठकमा सहभागी रहेको प्रेस संयोजक गोविन्द परियारले बताए । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समजावादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन्…