१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बैतडी कारागारभित्र फैलियो कोरोना, १६ जनामा पुष्टि



बैतडी । जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिए । पिसिआरमार्फत चार र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा सङ्क्रमण देखिएको हो ।

कारागार प्रमुख भण्डारीले भने, “कोरोनाजस्तै लक्षण देखिएका चार कैदीबन्दीको बुधबार पिसिआर परीक्षण गरेका थियौँ । उनीहरूमा सङ्क्रमण पुष्टि भएपछि अन्य ८९ जनामा पनि एन्टिजेन परीक्षण गर्दा बिहीबार थप १२ जनामा सङ्क्रमण देखापरेको छ ।”सङ्क्रमण पुष्टि भएका कैदीबन्दीलाई कारागारभित्र छुट्टै राख्न समस्या समस्या भएको छ । क्षमताभन्दा चारगुणा बढी कैदी हुँदा उनीहरूलाई अलग्गै आइसोलेशनमा राख्न नसकिएको उल्लेख गर्दै उनले भने, “२५ कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना थिए, उनीहरूकै व्यवस्थापन गर्न निकै समस्या रहेका बेला कोरोना फैलिएपछि झनै समस्या भएको छ ।”

कारागारभित्र कोरोना सङ्क्रमण फैलिएपछि कैदीलाई भेटघाट गर्ने कार्यमा रोक लगाइएको छ । सङ्क्रमणको थप जोखिमलाई मध्यनजर गर्दै भेटघाट कार्य बन्द गरिएको हो । क्षमताभन्दा झण्डै चारगुणा कैदी हुँदा ठाउँ अभावले बसाइँ व्यवस्थापनमा निकै असहज भएको कारागार कार्यालयले जनाएको छ । विसं २०४० मा निर्माण भएको कारागार मर्मत र पुनःनिर्माण नहुँदा जीर्ण बनेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ३ : ०० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग