३ मंसिर २०८३, बिहिबार | November 19, 2026

अवरुद्ध पृथ्वी राजमार्ग एकलेनमा चल्न थाल्यो

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा गएराति २ बजे खसेको पहिरो आज बिहान पन्छ्याइएको छ । पहिरो पन्छ्याइएसँगै सवारी साधन एकलेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पूर्णरुपमा हटाएर सवारी साधन दुईतर्फि सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।