१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

म्याग्दीका मुख्य सडक अवरुद्ध



म्याग्दी । म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।

बर्सातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बागलुङ–बेनीबाहेकका अन्य प्रमुख सडक अवरुद्ध बनेको जानकारी दिए ।

मालढुङ्गा-बेनी, बेनी-जोमसोम र बेनी-दरवाङ सडकको ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको उनले बताए । म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकको विभिन्न ठाउँमा पहिरो खसेर गए रातिदेखि सवारी साधन चलेका छैनन् । मालढुङ्गा-बेनी सडक स्तरोन्नतिका लागि निर्माणाधीन अवस्थामा छ ।

बेनीदेखि पोखरा, काठमाडौँलगायत सहरमा जाने आउने सवारी साधनलाई बागलुङ-बेनीको वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लालाई जोड्ने बेनी-जोमसोम सडक जलेश्वर, बेगखोला, नैनीबगर र रुप्सेमा अवरुद्ध छ ।

जलेश्वरमा पहिराले सडक कटान, बेगखोला र रुप्सेमा बाढी तथा नैनीबगरमा पहिरो खसेर अवरुद्ध बनेको हो । यसैगरी मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडक पनि घुमाउने भिर र बाङ्गेपहिरोमा अवरुद्ध बनेको छ ।

दुवै ठाउँमा पहिरो खसेर यातायातका साधन आवतजावत गर्न नसक्ने अवस्था छ । बेनी-जोमसोम-कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय, स्थानीय तह र सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने प्रयास गरे पनि निरन्तरको बर्सातका कारण समस्या भएको छ ।

शनिबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । म्याग्दी, कालीगण्डकी, राहुघाट र अन्य सहायक नदीमा बाढीको सतह बढेको छ । तटीय क्षेत्र तथा पहिराको जोखिममा रहेका ठाउँका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले अनुरोध गरेका छन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ९ : ०४ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर