काठमाडौं । पूर्व प्रधानमन्त्री जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीलाई स्वीकार गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभामा एमसीसीमाथि चलिरहेको सैद्धान्तिक बहसमा भाग लिँदै भट्राईले एमसीसीबारे सत्य बोलेर पास गर्न आग्रह गरेका हुन् । भट्राईले सत्ता गठबन्धनले लाज छोप्नका लागि ११ बुँदे व्याख्यात्मक टिप्पणीको प्रस्ताव ल्याएको आरोप लगाए । उनले एमसीसीलाई बाँदरको घाउ…