२५ असार २०८३, बिहिबार | July 9, 2026

बाबुरामले भने – खोक्रो राष्ट्रवादको नारा जपेर मात्र बस्न मिल्दैन



काठमाडौं । पूर्व प्रधानमन्त्री जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीलाई स्वीकार गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा एमसीसीमाथि चलिरहेको सैद्धान्तिक बहसमा भाग लिँदै भट्राईले एमसीसीबारे सत्य बोलेर पास गर्न आग्रह गरेका हुन् । भट्राईले सत्ता गठबन्धनले लाज छोप्नका लागि ११ बुँदे व्याख्यात्मक टिप्पणीको प्रस्ताव ल्याएको आरोप लगाए ।

उनले एमसीसीलाई बाँदरको घाउ जस्तै बनाइएको टिप्पणी गरे । यौटा समान्य सम्झौतालाई बाँदरको घाउ जस्तै कोट्याउँदै गएर अहिले क्यान्सरको अवस्थामा पुगेको जिकिर गरे । उनले एमसीसीका कारण देशलाई कित्ताबन्दी गरिएको जनाए ।

भट्टराईले जनताको सर्वोच्च संस्था संसद् ६ महिनादेखि बन्धक बनाइएकोमा जनतासँग क्षमा याचना गरेका छन् ।

गत २३ भदौदेखि संसद बैठकमा एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेकोप्रति इंगित गर्दै उनले संसद्लाई बन्धक बनाइएको भन्दै क्षमता याचना गरे ।

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले सत्य बोल्न आँट गर्दै आफू उभिएको भन्दै एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने बताए ।

सत्य बोल्ल्न डराउन नहुने भन्दै उनले भने, ‘सबै प्रधानमन्त्रीको पालामा अघि बढाइएको हो । मेरो प्रधानमन्त्रीकालमा पनि अघि बढाइएको हो । तर, त्यतिखेर कानमा तेल हालेर बसेर अहिले विरोध गर्ने ? राजनीतिबाट सन्न्यास लिए हुन्छ । नेपालको लागि योग्य रहेका जानकारी आएपछि अघि सम्झौता प्रक्रिया अघि बढाइएको हो ।’

सम्झौताको भाषा केही घोच्ने खालका रहेको भन्दै उनले तर, अन्तर्राष्ट्रिय भाषा प्रयोग भएको बताए । एमसीसी नेपालको हितमा रहेकाले अनुमोदन गर्नुपर्नेमा उनको जोड छ । अहिले केही साथीहरूले व्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्न सहमत भएको सुनेको भन्दै उनले माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताप्रति व्यंग्य पनि गरे । उनले नेपाल अब सिंगापुरको बाटोमा अघि बढ्ने कि अर्को बाटोमा जाने भन्दै एमसीसीले देशको विकास मार्गमा लागौं भनेर सुझाव दिए ।

बाबुरामले खोक्रो राष्ट्रवादको नारा जपेर मात्र बस्न नमिल्ने बताए । उनले बिप्पा र बीआरआई सम्झौताबाट पुँजी र प्रविधि भित्र्याउनुपर्ने उल्लेख गरे । एमसीसी अलिकति अप्रिय भए पनि देशको पक्षमा रहेको दाबी गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ४ : ५५ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको