काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्दै आजको प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन् । प्रतिनिधिसभाको जारी बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् । यसअघि एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुपर्ने अवस्थालाई छल्न जिल्ला भ्रमणमा गएको आरोप खेपेका अर्थमन्त्री शर्माले आइतबार सोही प्रस्ताव प्रस्तुत गरेका हुन् ।…