गोरखा । गोरखामा चुनावी तालमेलका लागि कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा बनेको जिल्लास्तरीय संयन्त्रको बैठक १८ चैतदेखि औपचारिक रूपमा ६ पटक बसिसक्यो । तर, पटकपटक बसेको बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा विनानिष्कर्ष बैठक टुंगिने गरेको छ । भागबन्डाको विषयमा कुरा नमिल्दा सत्तारुढ दलबीच चुनावी तालमेल हुने सम्भावना न्यून बन्दै गएको संयन्त्रका जिल्लास्तरीय नेताहरु बताउँछन्…