पोखरा । २० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि विभागीय टिम एपिएफले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५-४ ले हराउँदै एपिएफले पहिलो पटक आहा रारा गोल्डकप उपाधि जितेको हो। निर्धारित समयको र अतिरिक्त सयमको खेल २-२ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । पेनाल्टीमा ओलावाले हाफिज गोल…