पोखरा । आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा चुनाव हुने भएको छ । राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा गरी आगामी फागुनमा बिदाई हुने सदस्यको खाली हुने स्थानमा निर्वाचन आयोगले निर्वाचन गर्न लागेको हो । गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का दुई र नेकपा (एकीकृत समाजवादी)का एक गरी…