२३ असार २०८३, मंगलबार | July 7, 2026

पदाधिकारी र केन्द्रीय सदस्य छान्न प्रज्ञा भवनमा माओवादीको स्थायी समिति बैठक



काठमाडौं । पार्टीका केन्द्रीय सदस्य र पदाधिकारी छनौट गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

प्रज्ञा भवन कमलादीमै बसिरहेको बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यहरु छनौटबारे छलफल भैरहेकोछ । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी छ ।

आठौं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा केन्द्रीय सदस्य छनौटमा सहमति खोज्ने भन्दै हिजो शनिबारको बन्द सत्र आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।

पदाधिकारीमा धेरै नेताहरुको आकंक्षा बढेपछि अध्यक्ष प्रचण्डलाई सकस परेको छ । अध्यक्षमा प्रचण्डलाई चुनौती नभएपनि अन्य पदमा भने नेताहरुको लविङ तिब्र छ । यस्तै विभिन्न कस्टर मिलाउन नसक्दा केन्द्रीय समिति सदस्यहरुमा कसकसलाई पार्ने भन्ने पनि निर्णय भैसकेको छैन ।

सहमति बन्न नसके निर्वाचन प्रक्रियाबाट अन्तिम टुंगो लगाउने माओवादीको तयारी छ । माओवादी विधानमा १५ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति रहने प्रावधान रहेको छ ।

सुरुमा राष्ट्रिय सम्मेलन भनेर बोलाइएको माओवादी केन्द्रको महाधिवेशन पुष ११ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १२ : १५ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको