७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप



हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् ।

विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड-१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिए । जिल्लाका पाँच हजार ४९७ बालबालिकालाई ६१ खोपकेन्द्र मार्फत खोप लगाइएको हो ।

उनीहरुमध्ये सिमकोटका एक हजार ४१४, नाम्खाका ३३१, खार्पुनाथका ६०३, अदानचुलीका एक हजार १७७, ताँजकोटका ५६७, चङ्खेलीमा ५७६ र सर्केगाड गाउँपालिकाका ८२७ रहेका छन् । उत्तरी नाम्खा गाउँपालिका-६ लिमी र यारीका बालबालिका खोप लगाउनबाट बञ्चित भएका छन् ।

यस क्षेत्रमा अत्यधिक चिसोका साथै बाक्लो हिमपातले स्वास्थ्यकर्मी र खोप पुर्‍याउन कठिनाइ हुने जनाइएको छ । यहाँका बालबालिकालाई खोप कहिले लगाउने भन्ने अझै टुङ्गो लागिनसकेको उनले बताए ।

यसैगरी दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिका-१ र ५ मा रहेको नेक्पागाउँका बालबालिका खोप लगाउनबाट छुटेकालाई एक/दुई दिनमा खोप लगाउने अभियान सञ्चालन गरिनेछ । जिल्लामा ६ हजार ३७० डोज मात्रामात्रै मोडर्ना खोप आइपुगेको थियो ।

पाँच हजार बढी बालबालिकालाई खोप लगाएर अब २२९ डोज बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका नौ हजार ९४० बालबालिकालाई खोप लगाउने लक्ष्य थियो ।

पहिलो चरणमा यही पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकाले यसको २८ दिनपछि दोस्रो मात्रा खोप लगाउनुपर्ने हुन्छ । जिल्लाभर विद्यालयमा अध्ययरत ती उमेर समूहका बालबालिकाको सङ्ख्या छ हजार ६७ रहेको जनाइएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : ३२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल