काठमाडौं । कोरोनाको भाइरसको तेस्रो लहरसँगै दर्शनार्थीका लागि बन्द भएको पशुपतिनाथ मन्दिर आजबाट खुलेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले आझबाट मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय…