७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

गठबन्धनका दलहरु हार्नुमा ती दलकै दोष छ, कांग्रेसको होइन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा ती दल स्वयम्कै हात रहेको टिप्पणी गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुगेका कांग्रेसका सांसद तथा महामन्त्री थापाले गठबन्धनका दलहरु पराजय हुनुको मुख्य कारण उनीहरुकै संगठन कमजोर हुनु रहेको जिकिर गरे ।

थापाले कांग्रेसका मतदाताले रुख बाहेक अन्य चिन्हमा मतदान गर्ने कुरा पनि गाह्रो भएको बताए । पार्टीका उम्मेदवार र नेताहरुले गठबन्धनमा भोट हाल्न आव्हान गरेको भएपनि कांग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता नभएकाले कतिपयले नमानेको उनले जिकिर गरे । उनले गठबन्धनको अहिलेको मत परिणाम स्वभाविक भएको उल्लेख गरे । गठबन्धन गर्दा अर्को दल २० प्रतिशत भएको ठाउँमा कांग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको र कांग्रेस ८० प्रतिशत भएको ठाउँमा अन्य पार्टीले २० प्रतिशत थपिदा कांग्रेसको जित सहज भएको उनले विश्लेषण गरे ।

थापाले भने– ‘नेपाली कांग्रेसको मतदाताले आफ्नो चुनाव चिन्ह बाहेकको अर्को चुनाव चिन्हमा मत हाल्ने, मत हाल्न लगाउने कुरा एकदमै गाह्रो कुरा हो । कांग्रेसको मतदाताहरु अन्य पार्टीको जस्तो संगठित मतदाता होइन । कसैले धोका दिन्छ र धोका दिन्न भन्ने कुरा होइन । मैले बुझेसम्म नेपाली कांग्रेसको पार्टी उम्मेदवार, पार्टी कार्यकर्ताहरु खटिएर लागेका थिए, आफुसँग तालमेलमा भएका दलहरुलाई पनि सँगै मत हालौँ भनेरै लागेका थिए । उदाहरणका लागि म काठमाडौंको मेयरमा रुख, उपमेयरमा कलम चिन्ह लिएको गठबन्धनलाई लिएर मतदाताको बिचमा गएँ । तर मैले आफ्नै वडामा हेरें अथवा कतैपनि हेरें भनेदेखि त्यो दुईवटाको विचमा असाध्यै धेरै ठुलो फरक पाउँछु । हामी कसैले कलम चिन्ह लिएको उपमेयरको उम्मेदवारलाई धोका दियौँ वा कम मत दियौँ भनेर होइन । हामीले मतदातालाई आव्हान ग¥यौँ । हाम्रो कुरा, हाम्रो मतदाता भनेको चाहीँ हाम्रो आदेश पालना गर्ने, हामीसँग असाध्यै धेरै कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता होइन । त्यसैले मलाई लाग्छ यो हुने नै हो । हामीले चर्चा गरेको ठाउँको उम्मेदवार लडेको पार्टीकोे आफ्नो मतदाताको शक्ति वा बेश २० प्रतिशत जति छ । जित्नका लागि १०० मान्ने हो भने अर्को ८० त्यहाँ खन्याइदिनुपर्छ । नेपाली कांग्रेस भएको ठाउँमा नेपाली कांग्रेस ८० छ । उसलाई २० थपिदिदाँ खेरी १०० हुने हो । कम्युनिष्ट पार्टीको ठाउँबाट एउटा थप्न पनि सजिलो । उहाँहरुको कार्यकर्तामा आधारित पार्टी छ । अर्को थोरै थप्नुपर्ने भएकाले पनि त्यो व्यवहारिक भयो । कांग्रेसलाई चाहीँ गठबन्धनमा जाँदै गर्दाखेरी अन्य पार्टीले भोट हालेको जस्तो । कांग्रेसले अन्य चिन्हमा भोट नहालेको जस्तो देखिनुको दुईवटा कारण मलाई लाग्छ ।’

महामन्त्री थापाले राजनीतिमा आकांक्षा बोकेका युवाहरुलाई पार्टीले अवसर दिन नसक्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले मत पाएको बताए । आगामी दिनमा पार्टीहरुले उम्मेदवार छान्ने तरिका र नयाँ मान्छेहरुलाई पार्टीमा लिएर आउने कुराहरुमा उदार भएमा पार्टीहरुका लागि यस्तो परिणाम नआउने उनको भनाइ छ । थापाले प्राप्त मत परिणामबाट पार्टीहरुसँग काठमाडौं महानगरपालिकाका मतदाता सन्तुष्ट नभएको सन्देश आएको पनि बताए । उनले भने– ‘शहरी मतदाताको बिचमा एउटा राजनीतिक दलहरुले जसरी डेलिभर गरिदेओस् भन्ने चाहाना छ । शासनको सन्दर्भमा । परिणाम देओस् भन्ने कुरा छ । अझ यो बढी युवाहरुको बिचमा जुन छ, यो विषयको सन्दर्भमा हामीले आफुलाई प्रमाणित गर्नुपर्ने छ । हामीले कुनै प्रतिक्रिया दिने भन्दापनि हाम्रो एक्शनबाट देखिनुपर्ने छ ।’

थाापाले स्थानीय तह निर्वाचनको मत परिणामको सम्बन्धमा गठबन्धनका दलहरु बिचमा आ–आफ्नो पार्टी भित्र समीक्षा हुने पनि बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ६ : ०६ बजे

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा