बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा १८ वर्षभन्दा माथिका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएको बुटवल उपमहानगर पालिकाले दाबी गरेको छ । नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बुटवल उपमहानगरमा बसोबास गर्ने १८ बर्ष माथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले उपमहानगरभित्र…