१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

बुटवलमा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन काेही बाँकी छैनन् : बुटवल उपमहानगर



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा १८ वर्षभन्दा माथिका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएको बुटवल उपमहानगर पालिकाले दाबी गरेको छ । नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बुटवल उपमहानगरमा बसोबास गर्ने १८ बर्ष माथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले उपमहानगरभित्र बसोबास गर्ने १८ वर्षभन्दा माथिका सबै नागरिकहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको जानकारी दिए । ‘अझैपनि केही खोप बचेको छ, १८ वर्षभन्दा माथिका कोही नागरिक खोप लगाउन छुटेको भए सम्बन्धित वडामा सम्पर्क गर्न सक्नुहुन्छ । अझै केहीदिन खोपसेवा सुचारु हुन्छ ।’ उनले भने ।

आगामी पुस १५ गतेदेखि ११ देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई खोप लगाउने तयारी गरिएको उनले जाकारी दिए । खनालका अनुसार एकसय भन्दा बढी संख्यामा विद्यार्थी भएका विद्यालयमा उपमहानगरपालिकाले सोही विद्यालयमै पुगेर खोप सेवा प्रदान गर्ने तयारी गरेको छ भने सोभन्दा कम संख्या भएका विद्यालयहरुका लागि दुई वा सोभन्दा बढी विद्यालयलाई जोडेर खोप केन्द्र स्थापना गर्ने उपमहानगरको तयारी छ ।

उपमहानगरका वित्त व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद खनालले आर्थिक वर्षको मंसिर मसान्तसम्म २१ दशमलव १९ प्रतिशत पूँजीगत खर्च भएको जानकारी दिए । खनालका अनुसार उपमहानगरमा २३ दशमलव ६२ प्रतिशत चालू खर्च भएको छ भने १८ दशमलव ७५ प्रतिशत वित्तीय खर्च भएको छ ।

महत्वपूर्ण मानिएको पूर्वाधार विकासतर्फ यातायात पूर्वाधार, भवन, आवास तथा सहरी विकास, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि र सम्पदा पूर्वाधार शीर्षकमा २५ दशमलव २९ प्रतिशत खर्च भएको छ । पूर्वाधार विकासका लागि कूल १ अर्ब, १९ करोड २६ लाख १३ हजार ७० रुपैयाँ विनियोजन भएकोमा हालसम्म ३० करोड, १५ लाख ६० हजार २५ रुपैयाँ खर्च भएको छ । ८९ करोड बढी खर्च हुन बाँकी रहेका छन् ।

यसैगरी सामाजिक विकासतर्फको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, भाषा तथा संस्कृति, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकूद र सामाजिक सुरक्षा तथा संरक्षण शीर्षकमा १९ दशमलव २९ प्रतिशत खर्च भएको छ । सामाजिक विकासतर्फ चालू आर्थिक वर्षमा कूल ६५ करोड ७५ लाख ७६ हजार २ सय विनियोजन भएकोमा हालसम्म १२ करोड ६८ लाख १५ हजार ७४९ रुपैयाँ मात्रै खर्च भएको छ ।

बित्त प्रमुख खनालका अनुसार बुटवलका अधिकांश योजना कार्यान्वयनको चरणमा पुगेका छन् । बुटवल उपमहागरमा भएका आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार बिकासका अधिकांस योजनाहरुको बोलपत्र आह्वान मार्फत योजनाहरुको सम्झौता भई कार्यान्वयनको अवस्थामा पुगेको खनालले जानकारी दिए ।

यसैगरी उपभोक्ता समितिहरु मार्फत हुने ७० प्रतिशत योजना सम्झौता भइसकेका छन् भने सम्झौता भएका योजनाहरु मध्ये ५५ प्रतिशत बढी कार्यान्वयनको तहमा पुगिसकेको उनले बताए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : ४६ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग