महोत्तरी । दीपावली (तिहार) पर्वको चौथो दिन अर्थात कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ। बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ। पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल,…