काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका हुन् । नेपालले कृषि क्षेत्रको रुपान्तरणको निम्ति प्राथमिकता हुनुपर्ने बताए । कृषि क्षेत्रको आधुनिकीकरण,…