सुर्खेत । विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्कबहादुर विश्वकर्माले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेकाे आरोप लगाएका छन् । जन पत्रकार संगठन कर्णालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले यस्ताे आरोप लगाएका हुन् । ००७ साल, २०४६ साल र २०६२/०६३ काे जनआन्दोलने व्यवस्था परिवर्तन ल्याएको र परिवर्तनका लागि लड्ने नेताहरूले राष्ट्रघात गरेको…